Add parallel Print Page Options

येशूद्वारा कोरीको हात निको

(मत्ती 12:9-14; लूका 6:6-11)

अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।”

अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।

येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो। तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

Read full chapter