Add parallel Print Page Options

39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”

40 यहूदीहरूले फेरि चिच्याउँदै भने, “अँहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाँकू थियो।)

19 तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए। सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।

फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।” येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “त्यो मान्छो यही हो।”

जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्! क्रूसमा यसलाई टाँग्नुहोस्!”

तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग। मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”

यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

जब पिलातसले यो सुने, उनी साह्रै डराए। पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन। 10 पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”

11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उनिहरू तपाईं भन्दा महा-पापको दोषी हुन्।”

12 त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैंलाई राजा बनाउँछ भने त्यो सिजर बिरोधी हो। यसर्थ उसलाई तपाईं छुट्करा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”

13 पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुङ्गाको पाटी” भनिन्छ। (जसलाई हिब्रू भाषामा गब्बाथा) भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे। 14 यो प्रायः निस्तार चाड़को तयारी गर्ने दिनको मध्यान् भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छन्!”

15 यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नु होस्।”

पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाउँछौ?”

मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”

16 तब येशूलाई क्रूसमा झुण्ड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।

येशू क्रूसमा मर्नुभयो

(मत्ती 27:32-44; मर्कूस 15:21-32; लूका 23:26-39)

सिपाहीहरूले येशूलाई लगे।