भजनसंग्रह 47
Nepali Bible: Easy-to-Read Version
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
1 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको[a] गीतहरू गाऊ।
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
Footnotes
- 47:7 प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक अर्थ स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ।
Psalm 47
New International Version
Psalm 47[a]
For the director of music. Of the Sons of Korah. A psalm.
2 For the Lord Most High(C) is awesome,(D)
the great King(E) over all the earth.
3 He subdued(F) nations under us,
peoples under our feet.
4 He chose our inheritance(G) for us,
the pride of Jacob,(H) whom he loved.[b]
Footnotes
- Psalm 47:1 In Hebrew texts 47:1-9 is numbered 47:2-10.
- Psalm 47:4 The Hebrew has Selah (a word of uncertain meaning) here.
- Psalm 47:9 Or shields
© 2004, 2010 Bible League International
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.